काठमाण्डाै महानगरका विद्यालयले अब 'डीआई' राख्न नपाउने

 पुष ६, २०८० शुक्रबार १८:५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाभित्र रहेका विद्यालयले अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् ।

महानगरपालिकाको शिक्षा विभागले निकालेको विज्ञप्तिका अनुसार अबदेखि विद्यालयले डीआई राख्न नपाउने भएका हुन् । विद्यालयमा राखिएका डीआईले भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेको समेत गुनासो आएसँगै यस्तो निर्णय गरेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बताउनुभयो ।

महानगरले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न र नगराउन सूचित गरेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया