काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – सांसदहरूले नयाँ विश्वविद्यालय स्थापनाका लागि अनुमति दिन नहुने बताएका छन् । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतकाे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरूले भएका विश्वविद्यालयमा पढ्ने विद्यार्थी नभएको र सरकारले भएका विश्वविद्यालयकाे अवस्था सुधार गर्न नसकेको बेलामा नयाँ विश्वविद्यालय खोल्न अनुमति दिन उचित नहुने बताएका हुन् ।
सांसदहरूले त्रिभुवन विश्वविद्यालयमा विभिन्न विभागको विषयगत परीक्षाको नतिजा समयमा प्रकाशित नहुने तथा समयमै परीक्षा नहुनेजस्ता समस्या समाधानका लागि पहलसमेत नभएको अवस्थामा नयाँ विश्वविद्यालय किन आवश्यक पर्याे भन्दै मन्त्रीलाई प्रश्न गरे ।
बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नयाँ विश्वविद्यालय सञ्चालनका लागि विद्यार्थी विदेशबाट ल्याउने हो भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले नेपालका गाउँ खाली भएकाले केही वर्षमा स्नातक अध्ययन गर्ने विद्यार्थी नै नहुने अवस्थामा नयाँ विश्वविद्यालयको आवश्यकता नभएको बताउनुभयो । सांसद भण्डारीले नेपालका विश्वविद्यालय अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने बनाउनसके मात्रै नेपाली विद्यार्थी स्वदेशमै बस्ने बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘गाउँ खाली छन् । तपाईँहरूले विद्यार्थी कहाँबाट ल्याउनु हुन्छ ? विदेशबाट ल्याउनु हुन्छ कि ? अब ब्याचलर पढ्ने विद्यार्थी हुँदैनन् । नेपालकाे शिक्षा क्षेत्रलाई सुधार गर्नुपर्ने बेला भएकाे छ । यतातिर ध्यान दिनुपर्छ ।’
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नयाँ विश्वविद्यालय थप गर्न नहुने बताउनुभयो । उहाँले अहिले भइरहेका विश्वविद्यालयभन्दा नयाँपन केही नभए नयाँ विश्वविद्यालयका लागि अनुमति दिन नहुने बताउनुभयाे ।
नेकपा एमालेकी सांसद विद्या भट्टराईले विश्वविद्यालय बनाउने राजनीतिक नेताले नभई विश्वविद्यालय अनुदान आयोगले भएको भन्दै सरकारले आयोगलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा भएका समस्याकाे शिक्षामन्त्रीले समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामन्त्रीले विश्वविद्यालयमा भएका समस्याकाे समाधान गर्न के पहल गर्दै हुनुहुन्छ भन्दै प्रश्न गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।