रुसले युक्रेनमा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र...
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – धनुषाको हंसपुरमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुईमध्ये एक जनालाई उपचारका लागि काठमाण्डौको प्रहरी अस्पताल ल्याइएको छ । प्रहरीकाे गाेली लागेर घाइते भएका अर्का व्यक्ति प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचारपछि डिस्चार्ज भएक छन् ।
यसअघि प्रहरी कार्यालयमा हिजो बिहीवार बेलुका भएको छलफलका क्रममा झडप हुँदा स्थानीय दीपनारायण मण्डलको टाउकोमा गम्भीर चोट लागेर उपचारका क्रममा ज्यान गएपछि स्थानीयवासीले आक्रोशित हुँदै प्रहरी कार्यालय तोडफोड गरेका थिए । स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि भिड नियन्त्रण गर्न गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबीच प्रहरी कार्यालयमै झडप भएको थियो । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाउँदा स्थानीय शिवसंकर मण्डलसहित दुई जना घाइते भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।