काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
बर्दिया – बाघकाे आक्रमणबाट बर्दियाकाे बारबर्दियामा एक जनाकाे ज्यान गएकाे छ । बाघकाे आक्रमणबाट बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका १२ वर्षका सुमित थारुकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
बबई नदीमा नुहाउन गएका बेला नदी किनारकाे जिराहा सामुदायिक वन नजिकै बालकलाई बाघले आक्रमण गरी घाइते बनाएकाे थियाे । घाइते बालककाे उपचारका क्रममा आरसी थारु मेमोरियल अस्पताल जयनगरमा ज्यान गएको प्रहरीले जनाएको छ ।
बाघकाे आक्रमणबाट बालककाे ज्यान गएपछि स्थानीयवासी त्रसित भएका छन् । केही दिनयता बैरिया गाउँ लगायतका क्षेत्रमा बाघ, चितुवाले बाख्रा–बङ्गुरलाई पनि आक्रमण गर्दै आएकाे स्थानीयवासीले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।