रैथाने बालीकाे संरक्षण र प्रवर्द्धन गर्न वालिङमा बिउ बैंक स्थापना

 पुष ७, २०८० शनिबार २०:३०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्न स्याङ्जाकाे वालिङमा बिउबीजन सङ्कलन तथा संरक्षण केन्द्र (बिउ बैंक) को स्थापना भएकाे छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले वालिङ नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास संस्था (यूएनडीपी), दियालो संस्था लगायतको सहकार्यमा वालिङमा बिउ बैंकको स्थापना गरेको हो ।

बिउ बैंकको यूएनडीपी नेपालका उपआवासीय प्रतिनिधि (डीआरआर) जुलियन्स सेभिलियर्ड, वालिङका नगरपालिकाका मेयर कृष्ण खाँण, वालिङका निवर्तमान मेयर दिलिपप्रताप खाँणले संयुक्तरूपमा शुभारम्भ गर्नुभयाे ।

बिउ बैंककाे शुभारम्भ गर्दै वालिङका मेयर खाणले परम्परागत बिउको संरक्षण गर्दै यसको प्रवर्द्धनमा जाेड दिन आग्रह गर्नुभयाे । उहाँले रैथाने बालीको संरक्षणका लागि विभिन्न साझेदार संस्थासँग मिलेर काम गरिरहेको बताउनुभयो ।

यूएनडीपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले रैथाने बालीको संरक्षण अभियानलाई दिगो बनाउन आवश्यक रहेको बताउनुभयो । सहकारीमार्फत गरिएको अभियानलाई दीर्घकालीन योजनाका साथ अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ ।

सहकारीले स्याङ्जाबाट लोप हुँदै गइरहेको रैथाने बालीको ५६ किसिमका बिउ सङ्कलन गरिसकेको संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो । अन्य बिउको पनि पहिचान र सङ्कलन गर्ने काम भइरहेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया