काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – ललितपुर महानगरपालिका वडा नम्बर १९ को आयोजनामा आज शुक्रवारदेखि सद्भाव मेला हुँदैछ । तीन दिनसम्म चल्ने मेलामा वडा नम्बर १९ का विभिन्न ठाउँमा टोलको विशेषताअनुसार विभिन्न गतिविधिसहित प्रदर्शनी हुँदैछ ।
मच्छिन्द्रबहालमा रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग गरिने विभिन्न काठको प्रदर्शनी, इतिटोलमा रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याउने राजा नरेन्द्रदेव, बन्धुदत्त आर्चाय र ललित ज्यापूको मूर्ति, अग्निशालमा ज्यापू सङ्ग्रहालय लगायतको प्रदर्शन गरिने वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिनुुभयो ।
त्यस्तै तिन्छुगल्लीमा प्रदर्शनीका लागि परम्परागत धातुका सामान लगायतको प्रवेशद्वार पनि राखिएको छ । प्रदर्शनीको उद्घाटन महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दिउँसो १ बजे गर्ने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।