काठमाण्डौ महानगरपालिकामा १ सय ४० स्वयमसेवकमा आवेदन खुल्यो

 फागुन १५, २०८० मंगलबार ९:८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले १ सय ४० जना महानगर भोलेन्टियर अर्थात शहरी स्वयमसेवकका लागि आवेदन खुलाएको छ । २४ हप्ताका लागि आवेदन माग भएकोमा आवेदकबाट छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ।यस कार्यक्रमअन्तर्गत १ सय जना बालबालिका र वातावरण स्वयमसेवक ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको हो ।

महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार बहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो । यसबाट सहरी वातावरण,हरित र सुन्दर विद्यालय,सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपन झाको भनाइ छ । यो फाराम आउँदो आइतवार फागुन २० गतेसम्म भर्न सकिनेछ। 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया