बाराको वर्कशपमा विस्फाेट हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३ जना पुग्यो

 फागुन १५, २०८० मंगलबार १५:२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बारा – बारामा वर्कशपमा विस्फाेट हुँदा ज्यान गुमाउनेको सङ्ख्या तीन जना पुगेको छ ।

हिजाे निजगढ नगरपालिका–७ शहीद चोकको वर्कशपमा विस्फोट हुँदा एक जनाको ज्यान गएकोमा आज थप दुई जनाको ज्यान गएको हो । आज भारत गवई घर भएका राकेश जयसवाल र पर्साकाे वीरगञ्ज महानगरपालिका–९ का रितु रजतको उपचारका क्रममा ज्यान गएको हो । वर्कशपका सञ्चालक रेशम पुलामी मगरको हिजै ज्यान गएको थियो ।

लेथ ग्यास बेल्डिङ गर्दै गर्दा विस्फोट भएपछि उनीहरू घाइते भएका थिए । सिलिन्डर ग्यास विस्फोट भएको भनिए पनि अझै विस्फोट भएको वस्तु यकिन नभएको बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेले बताउनुभयो । विस्फाेट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया