मिटरब्याज पीडितहरूको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री

 फागुन १६, २०८० बुधबार १८:१८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूको समस्या अदालती प्रक्रियाबाट समाधान गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजकाे बैठकमा प्रधानमन्त्री प्रचण्डले टाठाबाठाहरूले पीडितलाई कपाली तमसुक बनाएर ऋण दिएको, बैंककाे कागजातसमेत बनाएर ऋण दिएको देखिएकाे बताउनुभयाे । बैंकिङ कागजातसमेत बनाएर ऋण दिएको देखिएको भन्दै उहाँले अदालत जाँदा पीडकहरूकै पक्षमा फैसला हुनसक्ने अवस्था रहेको बताउनुभयो । यो समस्याको समाधान गर्न सरकार र अदालत मिल्नुपर्ने अवस्था रहेकाले अदालतसँग समन्वय भइरहेको प्रचण्डकाे भनाइ छ । उहाँले मिटरब्याज पीडित, लघुवित्त पीडित तथा सहकारी पीडितहरूसँग वार्ता भइरहेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मिटरब्याज पीडितहरूकाे केही समस्या अझै बाँकी छ । बाँकी रहेको समस्याकाे समाधान सरकारको तर्फबाट भन्दा पनि अदालती प्रक्रियाबाट गर्नुपर्ने प्रकृतिको छ । टाठाबाठाहरूले कपाली तमसुक पनि बनाएका छन्, बैंकको कागजात पनि बनाएका छन् । यो सरकार, अदालत सबै मिलेर मात्रै यो समाधान गर्न सकिनेछ भनेर अहिले समन्वय गर्ने कोसिस भइरहेकाे छ ।’

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकार गम्भीर रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया