मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

 फागुन २६, २०८० शनिबार १२:४:४० | रासस
unn.prixa.net

काठमाण्डौ – मदन भण्डारी राजमार्गले भित्री मधेशका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले देशको पूर्वी–पश्चिमी भेगलाई जोडिरहेको छ । 

पूर्वी नेपाल इलामको पाटापुरबाट पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म झण्डै एक हजार दुई सय ५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार व्यवसाय र जग्गाको मूल्य मात्र वृद्धिसँगै कृषि क्षेत्रलाई पनि सहयोग पुर्याएको छ ।

सडक निर्माण भएसँगै गाउँमा उत्पादित सामग्री बजारसम्म पुर्‍याउन किसानलाई सहज भएको छ । दैनिकजसो हजारौँको सङ्ख्यामा गाडी ओहोरदोहोर हुने मदन भण्डारी राजमार्गमा होटल व्यवसायका साथै अन्य व्यवसाय पनि उत्तिकै फस्टाएको छ ।

केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन साही मदन भण्डारी राजमार्गका कारण स–साना बजार पनि व्यापारिक केन्द्र बन्न थालेका बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया