कालिकोट : सामुदायिक वनमा लागेको आगो निभाउन खोज्दा बाबु-छोरी घाइते

 चैत ३, २०८० शनिबार ११:५३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – कालिकोट खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छन् । गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन पुगेका स्थानीय नन्दराम चौंलागाईं र उहाँकी छोरी हेमन्ती जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रमुख पोषण थापाले जानकारी दिनुभयो ।

चौलागाईंका बाबु–छोरी सामुदायिक वनमा बाख्रा चराउन गएका थिए ।

जिल्ला अस्पताल मान्ममा उपचारका लागि लगिएका नन्दरामको शरीर ६० प्रतिशत र हेमन्तीको ७० प्रतिशत भाग जलेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । जिल्लामा प्राथमिक उपचारपछि थप उपचारका लागि स्वास्थ्यकर्मीसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया