सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढ्यो

 चैत ६, २०८० मंगलबार १३:६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेको छ । हिजो तोलाको १ लाख २४ हजार ५ सयमा कारोबार भएको सुनको भाउ आज ७ सय रुपैयाँले बढेर १ लाख २५ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार पाँच सय २० मा काराेबार भएकाे चाँदी ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँ पुगेकाे महासङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया