इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदै
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – नचिनेको व्यक्तिसँग एकैछिनको चिनजानको भरमा एक महिला ठगिन पुगेकी छन् । काठमाण्डौबाट पोखरा जानेक्रममा बसमा भएको भेटमा ती महिलालाई बिहे गरी भारतमा बेच्ने प्रयास भएको छ । उनी भारत पुगे पनि बेचिनबाट भने जोगिएकी छन् ।
नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला ठगीमा परेकी हुन् । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाण्डौबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए । यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह गरेर महिलालाई बिक्रीको प्रयास गरेको पाइएको छ ।
पीडित महिलाको बहिनी बिरामी रहेको अवस्थाको फाइदा उठाएको देखिएको छ । पीडितको ६ लाख रुपैयाँसमेत क्षेत्रीले ठगेका छन् । ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रकाअनुसार क्षेत्रीले सुरुमा आफू अविवाहित रहेको, तिमी मलाई मनपर्यो, म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल पुर्याएर बिहे गरी बेचबिखनको प्रयास गरेको पाइएको हो ।
क्षेत्रीले आफन्तबाट सरसापट मागेर पीडितकी बहिनीको उपचारका लागि ७० लाखभन्दा धेरै पैसा जम्मा गरिदिएको छु, त्यो निकाल्न छ लाख लाग्छ भनी पीडितबाट छ लाख लिएर ठगी गरेको पनि पाइएको मिश्रले जानकारी दिनुभयो । मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल लगी आफ्नै साथीलाई डाक्टर देखाई झुक्याएको पनि खुल्न आएको प्रहरीले जनाएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा ब्युरोले पक्राउ गरी ठगीमा संलग्न क्षेत्रीलाई अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको मिश्रले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।