कोरिया गएर फर्किएका कामदारका लागि पुनः कामको अवसर : आवेदन आह्वान

 असार २६, २०८१ बुधबार ९:२४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएका कामदारका लागि पुनः कामको अवसर आएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाबाट काम गरी वैधानिक रुपमा फर्केका कामदारलाई पुनः पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारको छनोट गर्न विशेष कोरियन भाषा परीक्षा हुनेछ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना निकालेर कोरिया गएर फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउनको लागि आवेदन आह्वान गरेको हो । ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधि भित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाहरुले मात्रै आवेदन दिन पाउने ईपीएस कोरिया शाखाले जनाएको छ ।

त्यस्ता कामदारले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउनेछन् । आउँदो साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ ।  परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिने सूचना उल्लेख छ । परीक्षाको नतिजा असोज २१ गते प्रकाशन हुनेछ । 

तपाईको प्रतिक्रिया