ध्यान तामाङ

प्रश्नः दुबई फर्किनलाई के गर्नु पर्छ होला ?


 

 

उत्तरः दुबई फर्कनका लागि सबैभन्दा पहिला त तपाईँलाई कम्पनीले बोलाउनु पर्छ । त्यसका लागि कम्पनीसँग सल्लाह गर्ने र यूएई प्रवेशमा तपाईँलाई रोक हुँदैन भनेर कम्पनीले भनेमा पुनः श्रम स्वीकृति लिने र ट्राभल एजेन्सीसँग समन्वय गरेर जान सकिन्छ । अहिले नेपालीलाई ल्याउनका लागि हिमालयन र नेपाल एअरलाइन्सले यूएईका लागि चार्टर्ड उडान भरिरहेका छन् । त्यसबाहेक फ्लाई दुबई र एअर अरेबीया पनि नेपाली लिएर नेपाल आइरहेका छन् । सबै प्रक्रिया पूरा भएपछि यी जहाजमा सम्पर्क गरेर तपाईँ जान सक्नुहुन्छ ।