जगदिश

प्रश्नः वैदेशिक रोजगार विभागमा उजुरी दिएको कति दिनमा म्यानपावरबाट पासपोर्ट फिर्ता पाइएला ?


 

उत्तरः जगदिश जी, अधिवक्ता कृष्णप्रसाद न्यौपानेका अनुसार कुनै प्रक्रिया अघि बढाएको छैन भने तपाईंले पासपोर्ट फिर्ता माग्दा म्यानपावरले तुरुन्त दिनुपर्छ । उजुरी गर्दा विभागले म्यानपावरका सञ्चालकलाई बोलाएर तुरुन्त पासपोर्ट फिर्ता गर्न लगाउँछ । तर श्रमस्वीकृति लिने लगायतका प्रक्रिया अगाडि बढाएको भए चाहिँ सहमतिमा पासपोर्ट फिर्ता लिनुपर्छ । त्यसका लागि म्यानपावरले खर्च गरेको पैसा तपाईंबाट लिन सक्छ ।