अनु

प्रश्न: म कोरियन जान चाहन्छु । तर मलाई केही थाहा छैन । कहाँ जाने ? के के प्रक्रिया हुन्छ र कुन कुन काम गर्नपर्छ ? खर्च कति लाग्छ बताइदिनुस् न ?


 

उत्तर: अनु जी, कोरिया जानका लागि भाषा र सीप परीक्षामा परीक्षा पास हुनुपर्छ । भाषा र सीप परीक्षामा पास भएपछि कोरियाको लागि रोजगार आवेदन फारम भर्न पाइन्छ । नेपाल सरकारले ईपीएस प्रणालीबाट कोरियामा नेपालीलाई पठाउनका लागि आवेदन माग गर्छ । त्यही बेला आवेदन दिन पर्छ । आवेदन दिएको केही महिनापछि भाषा परीक्षा हुन्छ । भाषा परीक्षामा पास हुनेले सीप परीक्षा दिन पाउँछन् । सीप परिक्षणमा पनि उत्र्तिण भएमा कोरियाको रोजगारीको लागि आवेदन फारम भर्न पाइन्छ । यदी कोरियबाट करार सम्झौताको कपि आयो भने तपाईँ कोरिया जान पाउनुहुन्छ । कोरिया जानका लागि ८१९.४८ अमेरिकी डलर अथवा मंगलबारको विनिमय दर अनुसार ९३ हजार ९५७ रुपैयाँ खर्च लाग्छ । थप जानकारीका लागि वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाको 01-5186349 नम्बरमा सम्पर्क गर्नहोस् ।