मेरा लागि सय खेलभन्दा नेपालकाे जर्सी लगाउन पाउनु बढी गर्वकाे कुरा हाे : कप्तान चेम्जाेङ

 जेठ ३१, २०८१ बिहीबार १५:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्ना लागि सय खेलभन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् ।

फिफा विश्वकप २०२६ तथा एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा उनले यस्तो बताएका हुन् ।

साउदी अरबको दमाममा रहेको प्रिन्स मोहम्मत बिन फहद रङ्गशालामा गएको मङ्गलवार  यमनसँग खेल्दै कप्तान चेम्जोङले सयौँ खेल पूरा गरेका थिए । खेलमा प्रदर्शन तल माथि भइरहने भन्दै उनले सय खेल खेल्न पाउनुभन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताए । आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने चेम्जोङको भनाइ छ ।

यस्तै फुटबलर जिलेस्पीजङ्ग कार्कीले डेब्यु गोल अविस्मरणीय रहेको र रणनीतिअनुसार खेल्दा गोल गर्न सफल भएको बताए । बलिया टिमहरूसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जाने उनको विश्वास छ ।

यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली नयाँ टोलीले राम्रो खेल खेलेको प्रतिक्रिया दिए ।

नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको थियो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया