जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ र महासचिवमा लालबाबु राउत चयन

 भदौ १०, २०८१ सोमबार १५:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नुभएको छ ।

गएको जेठ २८, २९ र ३० गते जनकपुरमा भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष यादवलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी दिएको थियो । त्यसका आधारमा अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्य चयन गर्नुभएको हो ।

जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत् बज्राचार्य चयन हुनुभएको छ । महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा चयन हुनुभएको छ । उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादव चयन हुनुभएको छ । मनीषकुमार सुमनलाई प्रवक्ता तोकिएको छ ।

जेठ अन्तिम हप्ता भएको महाधिवेशनमा पदाधिकारीमा आकाङ्क्षी धेरै देखिएपछि निर्वाचन प्रक्रिया स्थगित गर्दै महाधिवेशन टुङ्ग्याइएको थियो ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया