एकीकृत समाजवादीका ६ जना उपाध्यक्षको मतपरिणाम सार्वजनिक, रामकुमारी झाँक्री पराजित

 भदौ १२, २०८१ बुधबार ७:४९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – नेकपा एकीकृत समाजवादीको ६ जना उपाध्यक्षका लागि भएको मतदानको नतिजा सार्वजनिक भएको छ । बिहान सकिएको मतगणनाअनुसार गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, भानुभक्त जोशी, जयन्ती राई र धर्मनाथ प्रसाद साह उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

खुलातर्फ चार जना उपाध्यक्षको लागि ११ जनाको उम्मेदवारी परेकोमा गंगालाल तुलाधरले १ सय ८९ मत, जगन्नाथ खतिवडाले १ सय ५१ मत, भानुक्त जोशीले १ सय ५६ र प्रकाश ज्वालाले १ सय ४५ मत पाएर विजयी हुनुभयो । महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गरेर जयन्ती राई विजयी हुनुभएको छ । राईले १ सय ८९ र झाँक्रीले १ सय १२ मत पाउनुभयो ।

यस्तै मधेसीतर्फको उपाध्यक्षमा रामचन्द्र झालाई पराजित गरेर धर्मनाथप्रसाद शाह विजयी हुनुभएको छ । यस्तै उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित हुनुभएको छ ।

सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल विजयी हुनभएको छ ।

डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको एकिकृत समाजवादीको बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न हिजो मतदान भएको थियो । ३ सय ४४ जना केन्द्रीय सदस्य रहेकोमा ३ सय २२ मत मात्रै खसेको छ ।   

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया