पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – नेकपा एमालेले गण्डकी प्रदेशमा ४ जना मन्त्रीको नाम टुङ्ग्याएको छ । एमालेबाट नवलपुरकी पद्मा जिसी, बाग्लुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालको नाम मन्त्रीका लागि टुङ्गो लागेको एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीले बताउनुभयो । उहाँहर" सबैको आजै शपथ लिने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको कार्यक्षेत्र टुङ्ग्याउँदै सङ्ख्या पनि नौ बनाएपछि एमालेले मन्त्री हुनेको नाम टुङ्गो लगाएको हो । २२ जना प्रदेशसभा सदस्य रहेका गण्डकीमा एमालेबाट मन्त्री हुनेमा धेरै जना आकाङ्क्षी थिए ।
गण्डकीमा नौ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेलाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।