पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताउनुभएको छ । मलेसियालाई श्रम सम्झौताका लागि नमूना राष्ट्रको रूपमा चिनिएकाले मलेसियाबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुनसके नेपाली श्रमिकका लागि फाइदा हुने उहाँले स्पष्ट पार्नुभयो ।
संसदीय सुनुवाई समितिकाे आजकाे बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियामा बिचौलियाले श्रमिकलाई पाइलापिच्छे ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलेसियाबाट प्रधानमन्त्रीस्तरकाे भ्रमण हुनसके नेपाली श्रमिकलाई फाइदा हुन्छ । जीटूजीमा मलेसिया श्रम सम्झौताको नमूनाको रूपमा मानिँदो रहेछ । त्यस कारण हामीले पनि किन मलेसियालाई केन्द्रित गरेर अगाडि नबढ्ने ? मैले राष्ट्रका लागि, देशका लागि इमानदारितापूर्वक काम गर्ने हो त्यहाँ ।’
प्रस्तावित राजदूत तिमिल्सिनाले मलेसियामा श्रम नीतिअनुसारको कूटनीतिलाई सफल बनाउन सरकारले आफूलाई सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।