राजदूतको सिफारिश समावेशी नभएको भन्दै परराष्ट्रमन्त्री राणाद्वारा माफी माग

 भदौ १८, २०८१ मंगलबार १८:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजदूत सिफारिश समावेशी नभएकोमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले माफी माग्नुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजकाे बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री राणाले राजदूत सिफारिश समावेशी नभएको स्वीकार गर्दै माफी माग्नुभएको हो । राजदूत नियुक्ति जति समावेशी हुनुपर्ने हो त्यो नभएकोमा आफूले माफी माग्न चाहेको उहाँकाे भनाइ थियाे ।

परराष्ट्रमन्त्री राणाले एउटा राजदूत पद खाली भएको र त्यसमा मधेशी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको बताउनुभयो । सरकारले दलित र मुस्लिम समुदायलाई राजदूतमा सिफारिश गर्न चाहे पनि त्यसका लागि प्रस्तावित उम्मेदवारका रूपमा कसैले दाबी नगरेको पनि उहाँले संसदीय समितिलाई जानकारी दिनुभयो ।

मन्त्री राणाले सरकारले प्रस्ताव गरेका १७ जना राजदूत राम्रो रहेको र उनीहरूले देशको प्रतिनिधित्व राम्रोसँग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया