अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
पाँचथर – १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सम्झाना पाँचथरको सदरमुकाम फिदिममा १० वर्षदेखि सञ्चालन हुँदै आएको आमन्त्रित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको १० औँ संस्करण आउँदो पुष २१ गते देखि सञ्चालन हुने भएको छ ।
गोल्डकप पुष २१ देखि ३० गतेसम्म स्थानीय फिदिम माविको खेलमैदानमा सञ्चालन हुने आयोजक फिदिम स्पाेर्टिङ क्लबले वुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
अघिल्लो संस्करणसम्म फिदिम स्पाेर्टिङ क्लबले मात्रै आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष भने पाँचथर जिल्ला फुटबल संघसँगको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ । यस्तै विधागततर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, उदीयमान खेलाडी र प्रत्येक खेलको म्यान अफ् द म्याचलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट कोच र सर्वाधिक गोलकर्ताले नगद १५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन् । रुस्लानको मुख्य प्रायोजन रहने प्रतियोगिताको अनुमानित लागत ५२ लाख ७२ हजार पाँच सय ८० रुपैँया रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौं, सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं, त्रिभुवन आर्मी क्लब काठमाडौं, ब्वाइज युनियन क्लब काठमाडौं, जावलाखेल युथ क्लब ललितपुर, सुनसरी–११, मोरङ–११, झापा–११, कर्णसिंह सोनाम मेमोरियल क्लब ताप्लेजुङ र आयोजक फिदिम स्पाेर्टिङ क्लब पाँचथर गरी १० टोलीको सहभागिता रहने आयोजक फिदिम स्र्पाेटिङ क्लबका अध्यक्ष विमलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।