राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

 वैशाख १४, २०८२ आइतबार १५:१५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल हक्की सङ्घको आयोजनामा आउँदो बुधवार वैशाख १७ गतेदेखि राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता शुरू हुने भएको छ । १७ गतेदेखि २६ गतेसम्म पुरुषतर्फको र १८ गतेदेखि २६ गतेसम्म महिलातर्फको प्रतियोगिता हुने सङ्घले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हाे ।

राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा ८ र राष्ट्रिय महिला हक्की प्रतियोगितामा ४ वटा टोली सहभागी हुनेछन् । दुवै प्रतियोगिता ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ ।

पुरुष र महिला दुवैतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउने सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया