प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएकाे सुशासन आयोगको औचित्यमाथि संसदमा प्रश्न

 वैशाख १४, २०८२ आइतबार १५:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – प्रधानमन्त्रीकै अध्यक्षतामा गठन भएको सुशासन आयोगको औचित्यतालाई लिएर संसद्‍मा प्रश्न उठेको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा बोल्दै आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् सांसद प्रभु साहले सुशासन आयोगको औचित्य के हो भनेर प्रश्न गर्नुभएको हो ।

गएको सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीकै अध्यक्षतामा सुशासन आयोग गठन गरेको थियो ।

आजको बैठकको शून्य समयमा सांसदहरूले शिक्षक, चिकित्सक, लघुवित्त र सहकारी पीडितको प्रदर्शनलाई सम्बोधन गर्न, पहाडी क्षेत्रमा भइरहेको खानेपानीको अभाव अन्त्य गर्न, आउँदो बजेटमा विशेष व्यवस्था गर्न, सामाजिक सञ्जालको दर्ता प्रक्रियामा रहेको कानूनी व्यवधान अन्त्य गर्न लगायत सरकारलाई सुझाव दिएका छन् ।

यसैबीच बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले क्षमायाचना गर्नुपर्ने माग गर्नुभएको छ । लिङ्देनले गएको चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा कांग्रेस सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झुटो भएको घिमिरेको दाबी छ ।

यस्तै सांसद माया राई पक्राउ परेको सूचना प्रतिनिधिसभामा सुनाइएको छ । सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई हिजो पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना हिजै सङ्घीय संसद् सचिवालय पुगेकोमा आज प्रतिनिधिसभाको बैठकमा सुनाइएको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया