एक किलो नुनको ७० रुपैयाँ !

 मंसिर २४, २०७५ सोमबार ११:५६:१९ | रासस
unn.prixa.net

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । 

सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला यो डिपोमा नुनको अभाव भएको छ । याे गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको रु ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी कृष्ण शाहीले बताउनुभयो । जिल्ला सदरमुकाम सिमकोटबाट खच्चरद्वारा बोकेर ल्याएको नुनको मूल्य गाउँमा पुग्दा रु ७० तिरेर खानु परेको शाहीले बताउनुभयो । 

सर्केगाड डिपोमा नुनका लागि ठेकेदारले यतिबेला नुन पु¥याउन ढिलाइ गरेका कारण खाने नुनको समस्या भएको सोही गाउँ निवासी कवीन्द्र शाहीले बताउनुभयो । डिपोमा नुन नहुँदा व्यापारीले खच्चरमार्फत छिमेकी जिल्ला बाजुराबाट ल्याइएको नुन खरीद गरेर चर्कोे मूल्यमा किनेर खानुपरेको शाहीले बताउनुभयो । 

कसैले दुई दिनको पैदलयात्रा लगाएर जिल्ला सदरमुकाम सिमकोटबाट आफैँले बोकेर ल्याउने गरेका छन् । सिमकोट डिपोमा नुनको समस्या नभए पनि सर्केगाड गाउँपालिकामा रहेको खाद्य डिपोमा यति बेला नुनको अभाव भएको छ । 

सर्केगाड गाउँपालिकालाई उपशाखा तोकिएता पनि त्यस क्षेत्रका सर्वसाधारण भने यतिबेला मर्कामा परिरहेका छन् । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया