महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन

 मंसिर २७, २०७५ बिहीबार ८:२६:१२ | रासस
unn.prixa.net

ललितपुर – महिला, बालबालिकाको विषय स्थानीय तहले हेर्ने भए पछि अहिले महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन भएको छ । 

विभागको दरबन्दी आधाभन्दा बढी कटौती भएको र बाँकी कर्मचारीसमेत जिम्मेवारीविहीन भएको यहाँ कार्यरत शाखा अधिकृत विनोदकुमार खनालले बताउनुभयो । सबै अधिकार स्थानीय तहमा गइसकेपछि अहिले विभागमा कुनै पनि कार्यक्रम छैन । 

स्थानीय निकायका विभिन्न स्थानमा विभागको प्रतिनिधित्व हुने र स्थानीय तहमा गएका सम्पत्तिको विवरण राख्नेबाहेक अरु काम विभागसँग अहिले नभएको जानकारी दिँदै उहाँले भन्नुभयो, “राष्ट्रपति महिला उत्थान कार्यक्रमका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कार्यनीति बनाउन लागेकाले त्यो कार्यक्रम यहाँ आउला अरु कार्यक्रम अब सिधैँ स्थानीय तहमा नै जान्छ ।” 

सङ्घीयता कार्यान्वयन हुनुभन्दा पहिले विभागमा ५३ जनाको दरबन्दी भएकामा कटौती भएर १९ जनाको दरबन्दी रहेको छ । तीमध्ये कतिपय कर्मचारी व्यवस्थापनका लागि मात्रै यहाँ रहेको जानकारी गराउँदै शाखा अघिकृत खनालले भन्नुभयो, “अहिले यहाँ भएका कर्मचारीको केही काम छैन ।” विभागमा कुनै कार्यक्रम नभएपछि कार्यालय सुनसान देखिन थालेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया