दोहोरो अंकले घट्यो शेयर

 पुष ३, २०७५ मंगलबार १६:२०:२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाडौँ – आइतबार र सोमबार उकालो लागेको शेयर बजार मंगलबार भने दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ६१ बिन्दुले घटेर एक हजार १ सय ६८ दशमलव १७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार बिन्दुले घटेर २ सय ४८ दशमलव ५९ बिन्दुमा पुगेको छ ।

स्टककाअनुसार मंगलबार कूल १ सय ५९ कम्पनीको १४ लाख ७८ हजार ७ सय २४ कित्ता शेयर रु ५३ करोड २३ लाख २५ हजार ६ सय ४६ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका दश उपसमूहमध्ये मंगलबार आठ उपसमूहको शेयर ओरालो लागेका छन् भने दुई उपसमूहको शेयर वृद्धि भएको छ । उत्पादन नौ दशमलव तीन एक र अन्य पाँच दशमलव ३८ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ १५ दशमलव ६४, होटल पाँच दशमलव ५४, विकास बैंक २० दशमलव ७२, जलविद्युत् १६ दशमलव १४, वित्त शून्य दशमलव तीन छ, निर्जीवन बीमा १९२ दशमलव ३२, लघुवित्त १८ दशमलव ४८ र जीवन बीमा ४९ दशमलव ९३ बिन्दुले घटेका छन् । घटेको बजारमा समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । 

यस्तै विजय लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रो पावर, स्वरोजगार लघुवित्त विकास बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया