सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) अन्तर्गत अबुधावीका स्थानीय शिक्षामन्त्री डा. अलि रसिद अल नुवामीले भेट गर्नुभएको छ ।
उहाँहरुबीच मंगलबार शिक्षा मन्त्रालयमा भएको भेटमा मन्त्री पोखरेलले विज्ञान प्रविधि र शिक्षाको विकासका लागि सहकार्य र सहयोग गर्न आग्रह गर्नुभएको उहाँका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिनुभयो ।
यूएईको विकासका लागि नेपाली जनशक्तिले सहयोग गरेको स्मरण गर्दै उहाँले यूएईमा रहेका विश्वस्तरका विश्व विद्यालयबाट नेपाली विद्यार्थी पनि लाभान्वित हुने बताउनुभयो । दुई देशबीचको सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा सहयोग गर्न यूईए सरकारसँग अनुरोध गर्नुभयो ।
भेटमा यूएईका शिक्षामन्त्री डा. नुवामीले नेपालमा रहेका सबैं मदरसा विद्यालयलाई सुधार गरेर आधुनिक बनाउने अभियानमा सहकार्य गर्ने बताउनुभयो । उहाँले सबैं मदरसा विद्यालय प्रविधिमैत्री र आधुनिक बनाउने अभियानअन्र्तगत नेपालमा रहेका मदरसा विद्यालय पनि नयाँ ढङ्गले सञ्चालन हुनेगरी आधुनिक र व्यवस्थित विद्यालय बनाउन नेपाल सरकारसँग सहकार्यको अपेक्षा राखिएको बताउनुभयो ।
शिक्षामन्त्री डा. नुवामीले विश्वशान्ति, विश्व भाइचाराका लागि यूएईले अन्तर्राष्ट्रिय अभियान चलाएको बताउँदैं नेपाल पनि विविधतापूर्ण भएकाले यो अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारलाई विज्ञान र प्रविधिको क्षेत्रमा सहयोग गर्न यूएई सरकार तयार रहेकोसमेत बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।