‘प्रहरीले दुःख दिए फोन गर्नुस्’

 पुष ५, २०७५ बिहीबार १९:३५:४० | रासस
unn.prixa.net

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ । 

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरद्वारा संयुक्त रुपमा आज कलेजमा आयोजित प्रहरी–विद्यार्थी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै लामाले प्रहरी सङ्गठनमा विभिन्न ठाउँ र परिवेशबाट आएका सबै प्रहरी असल, नैतिकवान र इमान्दार छन भनेर ठोकुवा गर्न नसकिने बताउनुभयो । पछिल्लो समय महानगरीय प्रहरी परिसर काठमाडौँले ३८ प्रहरीलाई निलम्वन गरिएको जानकारी दिनुभयो । 

‘नागरिकलाई न्याय दिन पहल गर्छु, सुरक्षा दिन्छु, दुःख परेको बेलामा सहयोग गर्छु भनेर प्रहरी सङ्गठनमा आबद्ध केही प्रहरीले पीडितलाई न्यायको लागि सहयोग नगर्ने, उल्टै अपराधीसँग मुख जोडेर काम गर्ने गरेकाले प्रहरी सङ्गठनप्रति जनताको विश्वास गुम्न थालेको हो’, लामाले भन्नुभयो ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र अपराधी भेटिने कुरामा दुईमत नभएको उहाँको दावी थियो । उहाँले विगतमा रानीबारी हत्याकाण्डलगायतका विभिन्न अपराधमा सङ्लग्न अपराधिलाई ढीलो भए पनि पक्रिन प्रहरी सफल भएको प्रष्ट पार्नुभयो । 

कार्यक्रममा पत्रकार बलराम प्यासी, महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्ले, कलेजका प्राचार्य डा. विहारीविनोद पोखरेल, सहप्राचार्य श्रीकृष्ण विष्टलगायते आ–आफ्नो धारणा राख्नुभएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • ram dinesh Yadav

    Dec. 20, 2018, 8:52 p.m.

    भन्नलाई मात्र हो /

  •  0 Reply

तपाईको प्रतिक्रिया