हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

 पुष ७, २०७५ शनिबार ११:४०:५० | रासस
unn.prixa.net

पर्सा – ठोरी गाउँपालिकामा शनिबार बिहान हात्तीको आक्रमणमा एक व्यक्तिको ज्यान गएको छ । ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्तिको ज्यान गएकाे हो ।

ठोरी गाउँपालिकामा मागी हिँड्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्तिको राष्ट्रिय वनजन्तु आरक्षभित्र हात्ती आक्रमणमा परी मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँले आउने जाने बाटोमा हात्तीले प्रयोग गर्ने फार लेनमै बसेको अवस्थामा व्यक्तिमाथि आक्रमण गरेको बताउनुभयो । 

मृतकले लगाएको लुगाले भारतीय भएको अनुमान गरिए पनि उनको परिचय हालसम्म खुल्न नसकेकोे उपरीक्षक ढकालले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि वीरगञ्ज ल्याउने तयारी भएको प्रहरीले बताएका छ । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया