प्रहरी चौकीमा गोली काण्ड : छानबिन समिति गठन

 पुष ८, २०७५ आइतबार ६:४६:१६ | रासस
unn.prixa.net

काठमाडौं – प्रहरीले महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङमा गोली चलेको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । 

प्रहरी प्रधान कार्यालयले शनिबार महानरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो । कार्यालय प्रमुख सुत्ने कोठामा विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठ शुक्रबार राति गोली लागेर घाइते भएका थिए ।

दोलखाको बैतेश्वर गाउँपालिका–२ गैरीमुदी घर भएका २२ वर्षीय प्रहरी जवान श्रेष्ठ एकै गाउँको साथी रहेका यो प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङलाई भेट्न गएका थिए । 

प्रहरी सहायक निरीक्षक तामाङले पेस्तोलबाट गोली अनलोड गर्ने क्रममा अकस्मात पड्कन जाँदा प्रहरी जवान श्रेष्ठको बायाँ गालामा गोली लागेको बताइएको छ । 

गोली लागि घाइते भएका श्रेष्ठको इमाडोलस्थित किष्ट अस्पतालमा प्रारम्भिक उपचारपश्चात महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरी सहायक निरीक्षक तामाङलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया