सरकार र सिनेटबीच बजेट विवाद, अमेरिकी सरकारी कार्यालय आंशिक बन्द

 पुष ८, २०७५ आइतबार ७:५८:५३ | रासस
unn.prixa.net

अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी कामकाज आंशिक रुपमा ठप्प हुने पक्का भएको छ । 

बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष विहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित हुने भएको हो । 

“राष्ट्रपति ट्रम्पले भावावेशमा आएर सरकारी कार्यालयलाई प्रभावित पार्नेगरी निर्णय लिन रिपब्लिकन सिनेटर (सांसद) लाई विश्वस्त पार्नुभएको छ,” वरिष्ठ प्रतिपक्षी डेमोक्रेट सिनेटर चक स्कुमर तथा उहाँका संसदीय समकक्षी नान्सी पेलोसीद्वारा शनिबार जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालका लागि छुट्याइनु पर्नेमा जोड दिएपछि समस्या भएको हो । ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानुनी रुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने वाचा गरेका थिए । त्यसको काम अहिलेसम्म सुरु हुन सकेको छैन । ट्रम्पले आफ्नो चुनावी वाचा पूरा गर्नका लागि सरकारी खर्चको कोषबाट रकम जुटाउन खोज्नुभएको हो । 

तर यसमा सिनेट तथा हाउसका सदस्य खुशी भएका छैनन् । नयाँ सहमति नभएसम्म अमेरिका सरकारका एक चौथाई संघीय कार्यलयको दैनिक कार्यसञ्चालका लागि चाहिने रकम अभाव देखिएको छ । यसका कारण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभाग अन्तर्गतका कार्यालयको काम बन्द भएको छ । अन्तिम प्रयासस्वरूप भएका वार्तामा कुरा नमिलेपछि उक्त कार्यालयहरु स्थानीय समय अनुसार राति १२ः०१ बजेदेखि बन्द हुनेछन् । 

खर्च अभावमा राष्ट्रिय निकुञ्ज तथा जंगलसँग सम्बन्धित कार्यालयका काम पनि रोकिनेछन् । सन् २०१८ मा सरकारी कार्यालयमा वजेट अभावका कारण आंशिक रुपमा काम रोकिएको घटना यो पहिलो भने होइन । यसै वर्षमा अमेरिकी सरकारी कार्यालयमा कामकाज ठप्प भएको यो तेस्रो पटक हो । यसबाट हजारौँ कर्मचारी प्रभावित हुनेछन् । 

बुधबार अन्तरिम खर्च सम्बन्धी विधेयक पारित भएको थियो र त्यसमा आउँदो फेब्रुअरी ८ सम्म खुला राख्न भनिएको थियो, तर त्यसमा राष्ट्रपति ट्रम्पले भनेजस्तो सीमा पर्खालका लागि रकम छुट्याइएको छैन । ट्रम्पले पर्खालका लागि पाँच अर्ब ७० करोड अमेरिकी डलर छुट्याउनु पर्ने बताउँदै आउनुभएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया