सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न शुरु गरिएको एक समारोह बुधबार सम्पन्न भएको छ ।
समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको थियो । समारोहमा दक्षिण र उत्तर कोरिया गरी एक सय व्यक्तिको सहभागिता रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ ।
यस समारोह स्थानीय समयानुसार बुधबार बिहान १० बजे शुरु भएको थियो । गएको सेम्टेम्बरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाली उच्च नेता किम जोङ–उनबीच प्योङयाङमा सम्पन्न शिखर सम्मेलनका क्रममा भएको सम्झौता अनुसार नै यो कार्य सम्पन्न भएको बताइएको छ ।
उक्त सम्मेलनामा यस वर्षको अन्त्यसम्ममा नै कोरियाली प्रायःद्वीपको सीमा क्षेत्रमा रेलमार्ग र सडक मार्ग बनाइने सम्झैता भएको थियो । गएको अप्रिलमा मुन र किमबीच भएको पहिलो सम्मेलनमा नै आधुनिक र पूर्वी–पश्चिम कोरियाली प्रायःद्वीपमा आधुनिक रेलमार्ग र सडकमार्ग जोडिने सम्झौता भएको थियो ।
दक्षिण कोरियाली भूमिसुधार मन्त्री, आधारभूत संरचना मन्त्री किम ह्युन मि, यातायात मन्त्री किम युन ह्योक र उत्तर कोरियाका उप रेलवे मन्त्रीको सो समारोहमा सहभागिता रहेको थियो । त्यसैगरी दक्षिण कोरियाको तर्फबाट अन्य उच्चस्तरीय सरकारी अधिकारीहरुको पनि सहभागिता रहेको जनाइएको छ ।
कार्यक्रममा सन् १९५० बाट १९५३ सम्मको कोरियाली युद्धताका छुट्टिएका पाँच सर्वसाधारणलाई दक्षिण कोरियाका तर्फबाट निमन्त्रणा गरिएको थियो । उत्तर कोरियाका तर्फबाट शान्ति र पुनः एकीकरण जन्मभूमि कमिटीका अध्यक्ष रि सन–ग्वोन र अन्य चार उच्चस्तरीय सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो ।
दक्षिण कोरियाको राजधानी सोलको सोल रेलवे स्टेशनबाट दक्षिण कोरियाली १०० सहभागीलाई नौ ओटा कार र रेलमा कोरियाली प्रायःद्वीपमा सीमाक्षेत्र डोरासनमा लगिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।