काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं – त्रिभुवन विश्वविद्यालयको सोमबार ५६औँ ग्रेस लिष्टको ४४औ दीक्षान्त समारोह हुँदैछ ।
ललितपुरको पुल्चोक इञ्जिनियरिङ क्याम्पस, खेलकूद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोह तयारी मूल समितिका सदस्य–सचिव विष्णुप्रसाद वाग्लेले जानकारी गराउनुभयो ।
समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गर्नुहुनेछ ।
समारोहमा भाग लिनका लागि जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिज अन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पी लामा नेपाल आउनुभएको छ ।
पहिलोपटक अनलाइन फारममार्फत सहभागी आह्वान गरिएको समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये नौ हजार ५०४ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
समारोहमा गत वर्ष दुई हजार अभिभावकको सहभागिता भए पनि यसपटक छ हजार ३०९ सहभागी हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक पशुुपति अधिकारीले जानकारी दिनुभयो ।
समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदकलगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिने उहाँले जानकारी गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।