कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीय हबका रुपमा रहेका विमानस्थल विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान भइरहेको छ । निकट भविष्यमै झापाको चन्द्रगढी र जनकपुरमा रात्रि उडान थालिने उहाँले बताउनुभयो ।
“विमानस्थलबाट पहिला आन्तरिक उडानमा राति जहाज उड्दैन थिए, ६ बजे नै बन्द भइसक्थे, अहिले जाडो यामदेखि राति दैनिक ९ बजेसम्म उडान भइरहेको छ,” क्षेत्रीले भन्नुभयो । रात्रि उडानका लागि अन्तर्राष्ट्रिय विमानस्थलसहित क्षेत्रीय हब विमानस्थलमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ । रात्रि उडान सञ्चालन गर्नका लागि ‘रनवे लाइट’, टर्मिनल भवनको व्यवस्थापन तथा सुरक्षा व्यवस्थालगायतका काम गरिएको छ ।
यसअघि आन्तरिकतर्फ बिहान ७ देखि साँझ ६ बजेसम्मको उडान तालीका थियो । अन्तर्राष्ट्रियतर्फ मात्र रात्रि उडान हुँदै आएको थियो । विमानस्थलका अनुसार रात्रि उडानका लागि गत भदौको दोस्रो साता नै विभिन्न एयरलाइन्सको २५ उडान तालीका स्वीकृत भएको थियोे । बुद्ध एयरलाइन्सको १४, श्रीएयरलाइन्सको चार र यति एयरलाइन्सको सात उडान थिए ।
सरकारले गएकाे जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । आन्तरिक टर्मिनल व्यवस्थापनपछि गत भदौ १६ गतेदेखि आन्तरिक टर्मिनल बिहान ५ बजे खुला गरेसँगै अहिले दैनिक २२ घण्टा विमानस्थल सञ्चालन भइरहेको छ । यसले विमानस्थलको चाप कम गर्न र हवाई आगमनलाई सहज तुल्याएको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।