कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
बागलुङ – गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ ।
मंगलबार अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिनुभयो ।
यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । गोठमा राखिएको खरमा आगो सल्किँदा उक्त दुःखद् घटना निम्तिएको हो ।
आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ । गोठमा वस्तुभाउ भने नभएको जनाइएको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शव निकाली घटनास्थलको मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।