चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाडौं – नेपाली अनुसन्धानकर्ता भानुभक्त गौतमले गुरुत्व बलको आधारमा सञ्चालन हुने ‘ग्राभिटी इञ्जिन’ सञ्चालन गर्न सफल भएको दाबी गर्नुभएको छ ।
लामो समयदेखि इन्धनबिना विभिन्न यन्त्र सञ्चालनका लागि बल कसरी उत्पन्न गराउन सकिन्छ भन्ने खोजीमा लाग्नुभएका गौतमले ग्राभिटी इञ्जिनको मूल सिद्धान्तका आधारमा भारी ‘पेण्डुलम’लाई निरन्तर हल्लाई राख्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएको जानकारी दिनुभयो ।
रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा ग्राभिटी इञ्जिनको अनुसन्धानमा प्राप्त सफलता सार्वजनिक गर्ने कार्यक्रममा उहाँले भन्नुभयो, ‘झुण्ड्याई राखिएको पेण्डुलमलाई फलिङ रक (पृथ्वीमा झर्दै गरेको ढुङ्गा) को सहायताबाट प्राप्त बल दुई गुणा, चार गुणा हुँदै बढ्दै जाने बलको कारण पेण्डुलम निरन्तर चलिरहन्छ ।’
संयुक्त अरब इमिरेट्स, कतार तथा अमेरिकाको भ्रमण तथा ती देशका प्रयोगशाला तथा प्राविधिक तथा मेकानिकल क्षेत्रमा काम गर्ने अनुभव हासिल गरेका झापाको गौरादहका गौतमले २७ वर्षदेखि इन्धनबिना सञ्चालन हुने यन्त्रको विकासमा निरन्तर खोजीमा रहेको बताउनुभयो ।
विशेषगरी खेतीपातीमा रहेका बुबाको पानी तान्ने पम्पमा इन्धन सकिएपछि बन्द भएको कारण इन्धनबिना कसरी पम्प चलाउन सकिन्छ भन्ने खोजीमा लागेको उहाँको भनाइ थियो । अमेरिकाको विभिन्न संग्रहालयमा रहेका प्रारम्भका उपकरण तथा यन्त्र हेर्ने अवसर पाएका गौतमले ती यन्त्रबाट प्राप्त अनुभव तथा शिक्षाबाट उक्त उपकरण बनाएको जानकारी दिनुभयो ।
ग्राभिटी इञ्जिनमा ६५ केजी तौलको भारयुक्त वस्तुलाई डोरीको सहायताबाट सात फिटको उचाइमा झुण्ड्याइएको छ । त्यसलाई निरन्तर हल्लाउन पाँच केजी बल चाहिन्छ ।
पेण्डुलमलाई एक पटक हल्लाएर छोड्दा ११ पटकसम्म ६ केजी बल प्राप्त हुन्छ । त्यसलाई फलिङ रक सिद्धान्तबाट २२ केजी बलमा परिणत हुन्छ र फेरि गुणा गराई ४० देखि ४५ केजी बल प्राप्त हुन्छ । यसरी निरन्तर प्राप्त ६ केजी बलले ६५ केजीको भारयुक्त पेण्डुलमलाई निरन्तर हल्लाउने गर्दछ । उहाँका अनुसार उक्त इञ्जिन डाइनामाइटमा प्रयोग गर्न सकिने र बिनाइन्धन निरन्तर यन्त्र सञ्चालन गर्न सकिने छ ।
यस यन्त्र सञ्चालन गर्न उत्पन्न भएको शक्तिबाट सिर्जना भएको ऊर्जालाई नै उहाँले ‘क्लिन इनर्जी‘ नाम दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।