चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् ।
अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् ।
बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भन्नुभयो, ‘हामीले तीन वर्ष अगाडि सेवा शुरू गरेका हौँ, पछिल्लो समयमा अनलाइनबाट टिकट काट्ने यात्रुको सङ्ख्या बढिरहेको छ ।’
सुरुसुरुमा यातायात व्यवसायीले अनलाइनमार्फत टिकट बिक्री गर्ने कुरामा चासो नदेखाए पनि पछिल्लो समय यातायात व्यवसायीसमेत यसमा आकर्षित भएका छन् ।
‘अहिले यातायात व्यवसायीले सुविधा सम्पन्न एसी-डिलक्स गाडीमा लगानी बढाइरहेका छन् । महङ्गो मूल्यमा गाडी खरीद गरेसँगै यात्रुलाई पनि गुणस्तरीय सेवा दिनका लागि उहाँहरूले प्रविधिको प्रयोग गर्न उत्सुक हुनुहुन्छ’, सिइओ खनालले भन्नुभयो ।
धौलागिरि यातायात व्यवसायी समितिका अध्यक्ष उमेश केसीले हिजोका दिनमा हातले टिकट काट्दा यात्रु र कर्मचारी दुवैलाई झञ्झट भएकाे तर अहिले यात्रु काउन्टरसम्म पुग्न नपर्ने र कर्मचारीलाई पनि काम गर्न सहज हुने भएका कारण अनलाइन टिकटिङ शुरू गरेको बताउनुभयो ।
व्यवसायीलाई सवारीको प्रबन्ध मिलाउन र टिकटलाई व्यवस्थापन गर्नका लागि प्रविधिको प्रयोगले धेरै सहज भएको उहाँको भनाइ छ ।
यस्तै अनलाइन टिकेटिङको सेवा दिइरहेको नमस्ते कपिलवस्तु यातायात प्रालिका अध्यक्ष कुमार खड्काले पनि पछिल्लो समय अनलाइनबाट टिकट काट्नेको सङ्ख्या बढेको बताउनुभयो ।
अहिले धेरै क्षेत्रमा अनलाइन भुक्तानी तथा कारोवार शुरू भए पनि सार्वजनिक यातायातका साधनमा प्रविधिको प्रयोग हुन नसकिरहेका बेला बस सेवाले यातायात व्यवसायीलाई आवश्यकपर्ने ‘बि–सफ्ट’ नामक सफ्टवेयर निर्माण गरी अनलाइनबाटै टिकट काट्न सकिने सेवा ल्याएको हो । नेपालका अधिकांश रूटमा अनलाइन टिकट काट्न सकिन्छ ।
यात्रुले आफ्नो मोबाइल, इन्टरनेटमार्फत घरैबाट अथवा नजिकको साइबर कम्युनिकेशनबाट टिकट काट्न सक्छन् । ‘बि–सफ्ट’ सफ्टवेयर प्रयोग गर्दा यातायात व्यवसायीलाई समेत धेरै फाइदा हुने सिइओ खनालको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सबै कुरा सफ्टवेयरले नियन्त्रण गर्ने हुँदा मानवीय त्रुटिका कारण हुने कमजोरी हट्छ ।’ यसको प्रयोग गर्दा दशैँ तिहार तथा अन्य समयमा धेरै यात्रु ओहोरदोहोर गर्ने समयमा पनि टिकट दोहोरिने तथा टिकटमा कालोबजारी गर्न नसक्ने हुँदा यातायात व्यवसायीलाई पनि सेवा प्रदान गर्न सहज हुने उहाँको भनाइ छ ।
यस्तै यात्रुलाई पनि घरबाटै टिकट काट्न सकिने हुँदा समय र खर्च दुवैको बचत हुनुका साथै टिकट बुकिङकै लागि काउण्टरमा गई लाइन बस्नुपर्ने सास्तीबाट मुक्ति मिल्छ । बस सेवा डटकम, बस सेवा मोबाइल एप्सलगायतका माध्यमबाट टिकट काटी ई–सेवा, आइएमई पे, इप्रभुलगायतका भुक्तानी सेवा प्रदायक तथा इन्टरनेट बैंकिङ र मोबाइल बैकिङमार्फत टिकट काट्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।