कक्षा १२ को परीक्षा सरेको छैन : बोर्ड
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डौ – यो वर्ष कोरियन भाषा परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्न सकिने भएकाले लाइनमा बस्नु नपर्ने भएको छ । ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा नबस्न ईपीएस शाखाले अनुरोध गरेको छ । शुक्रबार बेलुका ६ बजेसम्म झण्डै ५४ हजारले फारम भरेको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीेले जानकारी दिनुभयो ।
ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले आवेदन भर्नको लागि रातिदेखि लाइनमा नबस्न र नहतारिन आग्रह गर्नुभयो । ‘घरमै बसीबसी अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिन्छ, त्यसैले लाइनमा बस्न जरुरी छैन’ उहाँले उज्यालोसँग भन्नुभयो, ‘अघिल्ला वर्षहरुको तुलनामा व्यवस्थित गरेका छौं ।’ तर ग्लोबल आईएमई बैंकको कीर्तिपुरलगायत शाखामा भने रातीदेखि नै युवाहरु लाइनमा बसेका छन् ।
‘लाइनमा बसेर भर्दा पनि हुन्छ, तर रातिदेखि नै गएर उभिनु पर्दैन, आरामले भर्न सकिन्छ’ खनालले भन्नुभयो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको हो । ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा www.eoers.epsnepal.gov.np मा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।