सामसङको  नयाँ A6 तथा A6+ स्मार्टफोन बजारमा

 असार १३, २०७५ बुधबार १७:४६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सामसङ नेपालले  यसै हप्ता नयाँ स्मार्टफोनहरु – ग्यालेक्सी A6 तथा A6+ नेपाली बजारमा ल्याएको छ ।

A सिरिजका स्मार्टफोन मेटल युनिबडी (धातुबाट बनेको र ब्याट्री निकाल्न नमिल्ने) तथा पातलो डिजाइनकोे छ ।

A6+ मा ६ इन्चकाे एफएचडी (फूल हाइ डेफिनिशन) सुपर एमोलेड (sAmoled)डिस्प्ले रहेको छ । )

ग्यालेक्सी A6 ६ इन्च एचडी (हाइ डेफिनिशन) (sAmoled) डिस्प्लेको साथ उपलब्ध रहेको छ ।

हाइ डेफिनिशनले १२८० x ७२० पिक्सेलको रेजोल्युशन भएको भन्ने जनाउँछ । त्यस्तै फूल हाइ डेफिनिशनले १९२० x १०८० पिक्सेलको रेजोल्युशन भएको भन्ने जनाउँछ ।

मोबाइल, ट्याब्लेट, कम्प्यूटर तथा टेलिभिजन जस्ता दृश्य देखिने उपकरणहरुमा पिक्सेलको संख्या जति धेरै भयो त्यति नै सफा र स्पष्ट दृश्य देखिन्छ ।

सुपर एमोलेड (sAmoled) भन्नाले डिस्प्लेको पछाडि राखिएको OLED प्यानलको स्तर हो । OLED प्यानल डिस्प्लेमा रहेका प्रत्येक पिक्सेल हरुलाई चलायमान गर्नका लागि प्रयोग गरिन्छ ।

सुपर एमोलेड सामान्य OLED भन्दा उच्चस्तरको हुने हुनाले यसले पिक्सेलहरुलाई छिटो चलायमान गराउँछ । सुपर एमोलेड प्रविधि ठूला आकारका र हाई डेफिनिशन डिस्प्लेहरुका लागि उपयुक्त मानिन्छ ।
। 
ग्यालेक्सी A6 तथा A6+ आजकायुवा पिंढीलाई विशेष नमा राखेर तयार पारिएको सामसङ नेपालले जनाएकाे छ । A6+ मा पछिल्तिर विभिन्न आधुनिक सुविधा सहितका दुईवटा क्यामरा रहेका छन् । सामसङका आकर्षक फिचरहरु लाइभ फोकसको साथ व्याकग्राउन्ड ब्लर गर्न सकिने सुविधा रहेको छ । 

ग्योलेक्सी A6  र A6+ मा स्न्यापड्रागनकाे  ४५० अक्टाकोर प्रोसेसर रहेको छ । 

अक्टा भन्नाले आठगुणा भन्ने बुझिन्छ । त्यसैले अक्टाकाेरले सिंगल कोर क्षमता भएको प्रोसेसरले भन्दा आठगुणा छिटो काम गर्नसक्ने जनाउँछ ।

A6 तथा A6+मा ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज रहेको छ । 

A6+ मा ३५०० mAh तथा A6 मा ३००० mAh काे ब्याट्री रहेको छ भने सबै सेटहरुमा आधुनिक एन्ड्रोइड अपरेटिङ सिस्टम एन्ड्राेइड अाे रहेको छ ।

mAh को पूरा रुप मिलि एम्प आवर हो । यसले ब्याट्रीको क्षमता जनाउँछ ।

जति धेरै मिली एम्प आवर कोे ब्याट्री भयो त्यति नै बढी समय टिक्ने वा धेरै एप्लिकेशन, गीत संगीत तथा भिडियो हेरुन्जेल ब्याट्रीले साथ दिने भन्ने बुझिन्छ ।

ग्यालेक्सी A6 काे मूल्य ३९,८९० रुपैयाँ छ भने A6+ को मूल्य ४४,३९० रुपैयाँ तोकिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया