पाँचथरमा ट्रयाक्टर दुर्घटना : एक जनाको ज्यान गयो, ३ घाइते

 असार १७, २०७६ मंगलबार २०:३७:६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – हिलिहाङ गाउपालिका–१, आमबोटेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

दुर्घटनामा जिल्लाको याङवरक गाउपालिका–३, ओयामका ३१ वर्षीय सुरेन्द्र सेलिङको गएको हो । दुर्घटनाबाट इलामका २० वर्षीय लिला सुन्दास, पाँचथर याङवरक–३ का कुमार लिम्बू, र याङवरक–३ कै अजय सेलिङ घाइते भएका छन् । जिल्ला अस्पताल पाँचथरमा ।  घाइतेहरुको उपचार भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।  

निर्माणाधीन पुष्पलाल मध्यपहाडी लोकमार्गमा काम गरिरहेको ट्रयाक्टर मंगलबार दिउँसो सामान र कामदार लिएर अमरपुरबाट सालिङगे जाँदै गर्दा सडकबाट अनिन्त्रित भएर तल खसेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया