च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरेको धुलोलाई इँटा बनाउन दिने भएको छ ।
महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर) ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ ।
यान्त्रिक कुचो सुरु भएदेखि अहिलेसम्म त्याे धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि प्रयोग हुँदै आएको थियो । त्यसका लागि नियमित धुलो नचाहिने हुँदा धुलोलाई इँटा बनाउन दिने योजना बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । सडकबाट सङ्कलन भएको धुलो इँटा बनाउनका लागि उपयुक्त हुने बताइएको छ ।
महानगरले सञ्चालन गरिरहेका सबै ब्रुमरले दैनिक आठ टनसम्म धुलो सङ्कलन गर्ने गरेका छन् । यो फोहर अरु फोहरमा मिसाउने नगरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'हामीले फोहरलाई सकेसम्म सदुपयोग गरेर कम परिमाणमा डम्पिङ साइटमा लैजाने योजना बनाइरहेका छौँ ।'
यान्त्रिक कुचो (ब्रुमर) ले धुलो बढारेर सफा गर्ने मात्रै नभएर त्यसलाई सङ्कलनको समेत काम गर्दै आएको प्रवक्ता डङ्गोलले बताउनुभयो । महानगरले पनि सफाइ कर्मचारी कम गर्दे जाने योजना बनाएको उहाँले बताउनुभयो । अहिले महानगर आफैले खरिद गरेको पाँच र अनुदानमा प्राप्त दुईसहित सातवटा यान्त्रिक कुचो छन् । तिनले महानगरलाई धुलोरहित बनाइरहेको उहाँको भनाइ छ ।
सडकको धुलोसँगै घरबाट सडकसम्म फोहर आउनै नदिने योजना महानगरको छ ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।