गाेरखा भूकम्पकाे १०औं स्मृति सभा (तस्वीरहरू)

 वैशाख १२, २०८२ शुक्रबार १८:१२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रम गरिएको छ । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति गरेको थियो ।

गाेरखा भूकम्पको सम्झनामा ‘सुरक्षित पूर्वाधार निर्माण गराैँ, भूकम्पबाट जोगिऔँ’ भन्ने सन्देशसहित काठमाण्डाै उपत्यकासहित देशभर कार्यक्रम भएको हो ।

ललितपुरको ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा र्‍यालीसहितका कार्यक्रम गरेर १०औं भूकम्प स्मृति दिवस मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । भूकम्प गएर भत्किसकेपछि घर पुनर्निर्माण गर्नेभन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताउनुभएको छ । गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने भन्दै केन्द्र, प्रदेश र पालिका मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभयो ।

आज बारपाकमा पनि भूकम्प स्मृति कार्यक्रम भएको छ । बारपाक सुलिकोट गाउँपालिका–२ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि आफूले गरेका प्रतिबद्धता नबिर्सिएको र सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भूकम्पको केन्द्रविन्दु रहेको बारपाक अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । भूकम्पले बारपाकको स्वरूप नै परिवर्तन गरेको स्थानीय जीतबहादुर घले बताउनुहुन्छ । भूकम्पपछि नै बारपाकमा सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारहरू तीव्र रूपमा विकास भएको उहाँँको भनाइ छ ।

तस्वीर : प्रधानमन्त्रीकाे सचिवालय र रासस

अन्तिम अपडेट: बैशाख १२, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया