च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
ललितपुर – गएको असार २१ गतेदेखि भएको वर्षाका कारण दक्षिण ललितपुरका ७०० बालबालिकाको विद्यार्थी भविष्य अन्योलमा परेको छ ।
वर्षाले यहाँका केही विद्यालय भासिएका छन् त केही पुरिएका छन् । त्यसैगरी कतिपय विद्यालय भत्किएका छन् भने केही डुबानमा परेकाले यहाँ अध्ययन गर्ने बालबालिकाको भविष्य अन्योल भएको हो ।
दक्षिण ललितपुरका तीन वाग्मती, कोञ्ज्योसोम र महाँकाल गाउँपालिकाका सबै विद्यालय साउनको अन्तिमसम्म बन्द गरिएका छन् । महाँकाल गाउँपालिकाभित्रका कूल २८ विद्यालयमध्ये २७ सामुदायिक र एक निजी छ । यहाँका तीन सामुदायिक र एक निजी विद्यालयमा बाढी, पहिरो र अबिरल वर्षात्ले पूर्ण क्षति भएको महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिनुभयो ।
दाहालले भन्नुभयो, ‘हाल भत्किएका विद्यालयमा वडा नं ३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय, सेतीदेवी आधारभूत विद्यालय, कालीदेवी आधारभूत विद्यालय र दक्षिण ललितपुरको एक मात्र संस्थागत विद्यालय हिलसाइड बोर्डिङ स्कूल रहेका छन् ।’
महाँकाल मावि गोटीखेलमा पहिरोले लाँदा त्यहाँ अध्ययनरत करिब ३५०, सेतीदेवी आधारभूतका २२, कालीदेवी आधारभूतका ३६ र हिलसाइडका २०० गरी कूल ६०८ बालबालिकाको पठनपाठन कति दिनसम्म ठप्प हुने हो अन्योलमा छ ।
गाउँपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्ररमण पुरीले भन्नुभयो, ‘गोटीखेलको चनदेवी प्रावि सिसवन गोटीखेल र सरस्वती विद्याश्रम मावि चन्दनपुरमा आंशिक क्षति भएको छ । यी विद्यालय पुनःनिर्माण नभएसम्म विद्यार्थीलाई अध्ययन तथा अध्यापन गराउन सहज छैन ।’
कोञ्ज्योसोम गाउँपालिकाभित्र १२ आधारभूत र छ माध्यमिक गरी कूल १८ विद्यालय रहेका छन् । यो क्षेत्रको ज्ञानज्योति आधारभूत विद्यालयमा बाढी पस्दा यहाँ अध्ययनरत ४५ विद्यार्थीलाई समस्या परेको सो गाउँपालिका शिक्षा शाखा प्रमुख टेकबहादुर थोकरले बताउनुभयो ।
अर्को दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा ४० आधारभूत र १० माध्यमिक गरी कूल ५० विद्यालय छन् । यो क्षेत्र माल्टाको भुमेश्वरी आधारभूत विद्यालय भासिदा ३० बालबालिकाको जीवन अन्योलमा परेको सो गाउँपालिका विकास शाखा प्रमुख विजयकुमार लोले जानकारी दिनुभयो ।
दक्षिण ललितपुरमा बालबलिकाको साथै यहाँका कयौँ मानिसको जीवन अन्योलमा परेको छ । ललितपुरको छ पालिकामध्ये यी तीन गाउँपालिका दुर्गम र पहाडी क्षेत्रमा अवस्थित छन् । वर्षात्का कारण यी गाउँपालिकाका बासिन्दाको दैनिकी कष्टकर बनेको छ । यहाँका सडक अवरुद्ध हुँदा यहाँको मुख्य व्यवसाय दूध र तरकारी बिक्री वितरण रोकिएको महाँकालका स्थानीयवासी दीपकप्रसाद घिमिरले जानकारी दिनुभयो ।
घिमिरले भन्नुभयो, ‘घरमा छोरानाति र सवारीसाधन हुनेले हिलो छिचोल्दै भए पनि आफ्ना उत्पादन बजार लगी व्यापार गरेका छन् । असार–साउनको वर्षात् कहिले पर्ने र रोकिने भई निश्चित नभएकाले पटक–पटक विद्युत् अवरुद्ध भई घर तथा चिस्यान केन्द्रमा भण्डारण गरिएका दुग्धजन्य उत्पादन खेर गएको छ । यहाँ उत्पादित तरकारी बाली नष्ट भएका छन् ।’
यी तीन गाउँपालिकाबाट दैनिक पाँचदेखि आठ गाडी तरकारी र हजारौँ लिटर दूध उत्पादन भई बजार आउने गरेको घिमिरेले जानकारी दिनुभयो । बाढीपहिरोले गोठमा बाँधिएका पशुपक्षी पुरिँदा धेरै कृषकमा आर्थिक सङ्कट पर्दै हुँदै गएको छ । ग्रामीण सडक विच्छेद हुँदा नुन, तेललगायतका खाद्यान्न अभाव हुनुका साथै बिरामी अस्पताल पुर्याउन समस्या परेको स्थानीयवासीले दुखेसो गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।