च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
बाँके – नेपाल एयरलाइन्सको नेपालगञ्ज–काठमाण्डौ उडान स्थगित हुँदा हजयात्री नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् ।
नेपाल एयरलाइन्सको शनिबार ११ : ५० को नियमित उडानबाट काठमाण्डौ जानका लागि करीब २० दिनअघि टिकट लिएका हजयात्री नेपाल एयरलाइन्स विमानको उडान स्थगित हुँदा अलपत्र परेकोे हजयात्री मोहम्मद उमरले बताउनुभयो ।
उहाँका अनुसार, घरबाट साइत गरी बिदावारी भएर काठमाण्डौ उडानका लागि नेपालगञ्ज विमानस्थल पुगेका हजयात्री बोर्डिङपास लिने बेलामा नेपाल एयरलाइन्सको विमानमा प्रविधिक समस्याका कारण उडान रद्द भएको जानकारी गराइएपछि अलपत्र परेका हुन् ।
उहाँले नेपाल एयरलाइन्सको विमान स्थगित हुँदा निजी विमानले सहुलियत दरको टिकट वितरण नगर्दा हजयात्री तीन गुणा बढी मूल्य तिर्न बाध्य भएको जानकारी गराउनुभयो । हजयात्रीलाई आइतबार बिहान १० बजे केन्द्रीय हज समितिमा सम्पर्क राख्नका लागि बोलाइएको कारण बाँकेका हजयात्रीले शनिबार काठमाण्डौ जानको लागि गएको असार १६ गते नेपाल एयरलाइन्सको सिटी अफिस नेपालगञ्जबाट काठमाण्डौका लागि टिकट लिएका थिए ।
नेपाल एयरलाइन्स नेपालगञ्ज विमानस्थलका स्टेशन प्रमुख शङ्कर केसीले विमान विराटनगर उडान गरेको बेलामा प्रविधिक समस्या आएको कारण उडान रद्द गर्नुपरेको जानकारी दिनुभयो । उहाँले नेपाल एयरलाइन्सको विमान नआएपछि अन्य निजी विमानबाट जानका लागि हजयात्रीलाई सहजीकरण गरेको बताउनुभयो ।
हजयात्रामा मक्कामदिना जान बाँकेबाट १६४ जनाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत केन्द्रीय हज समितिमा आवेदन गरेकामा यस वर्ष मुस्लिम समुदायका १२३ जना छनोटमा परेका छन् ।
कोटा अभावका कारण यस वर्ष १२३ जनाले मात्र हज गर्न मक्कामदिना जान पाउने भएको केन्द्रीय हज समितिका सदस्य मेराज अहमद हलवाई हिमालयले बताउनुभयो । उहाँका अनुसार, बाँकेका हजयात्रीको टोली साउन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेवियाको जहाजबाट साउदी अरबका लागि प्रस्थान गर्ने तालिका रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।