बससँग ठोक्किएर माइक्रोबस खोलामा खस्दा १२ जना घाइते

 साउन ६, २०७६ सोमबार ९:५६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं. १ खयरघारीमा साेमबार बिहान यात्रुबहाक बससँग ठाेक्किएर माइक्रोबस खोलामा खस्दा १२ जना घाइते भएका छन् ।

चितवनबाट काठमाण्डाै लागि छुटेको बा ५ ख २१५१ नम्बरको माइक्रोबस लु २ ख २१३४ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नाउव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

बसले ठक्कर दिएपछि माइक्रोबस महेश खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाण्डाैकाे ट्रमा सेन्टरमा पठाइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया