मकवानपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयाे

 साउन १६, २०७६ बिहिबार १२:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिका–३ बसामाडी लेवटमा बुधबार राति ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । 

ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका २० वर्षीय सौरभ सुवेदी र १६ वर्षीय अस्मित सुनारको ज्यान गएको हो । 

दुर्घटनामा परेर घाइते भएका दुवै जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । 

हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको लेवटमा एकआपसमा ठोक्किएको थियो । 

दुर्घटनामा घाइते भएका सुनारको चितवनको पुरानो मेडिकल कलेज र सुवेदीको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया