साउन ३० देखि पाथीभरा गोल्डकप

 साउन १७, २०७६ शुक्रबार २०:२४:२५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङमा बर्सेनि आयाेजना हुँदै आएको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता आउँदो साउन ३० गतेबाट सञ्चालन हुने भएको छ ।

चौथो संस्करणको पाथीभरा गोल्डकप लाखेजात्राको अवसरमा साउन ३० देखि भदौ ६ गतेसम्म सञ्चालन हुने लाखेजात्रा खेल सञ्चालन समितिले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यस वर्षको प्रतियोगितामा ताप्लेजुङका दुईसहित १० टिम सहभागी हुने समितिका अध्यक्ष नारायण थापाले जानकारी दिनुभयो । यस वर्ष फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडहर्ष क्लब इलाम, गोर्खा स्पोर्टिङ क्लब दमक, रेडस्टार क्लब झापा, डाँगीहाट फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, एलाभेन एरोज क्लब दुहवी सुनसरी र रोयल फुटबल क्लब सिलगुढी भारत खेलमा सहभागी हुने पनि समितिले जानकारी दिएको छ । 

लाखेजात्रा खेल सञ्चालन समितिले पाथीभरा गोल्ड कपका लागि ४० लाख ५० हजार रुपियाँ बराबरको रकम खर्च हुने अनुमानित बजेट समेत सार्वजनिक गरेको छ ।

गोल्डकपमा प्रथम हुने टिमले दुई सय ४० तोला चाँदीमा तीन तोला सुनजडित ट्रफीसहित तीन लाख ११ हजार रुपियाँ नगद पुरस्कारर पाउने अध्यक्ष थापाले बताउनुभयो । यस्तै उपविजेताले एक लाख ५१ हजार रुपियाँ नगद पुरस्कार पाउने छ ।

रोयल फुटबल क्लब सिलिगुडीको निश्चित भइनसकेकाले उसको अनुपस्थिति रहेमा चर्च ब्वाइज क्लब काठमाण्डौलाई प्रतियोगितामा सहभागिता गराउने तयारी गरिएको पनि समितिले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया